बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

नारायणी डेभलपमेन्ट बैंकको बोनस सुचिकृत, शेयर कारोबार फुकुवा

नारायणी डेभलपमेन्ट बैंकको बोनस सुचिकृत, शेयर कारोबार फुकुवा

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज सोमबार नेप्सेमा कम्पनीको २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

साथै कम्पनीको रोकिएको शेयर कारोबार पनि फुकुवा भएको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीमा राखेपछि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएसंगै बैंकले हकप्रद निष्काशन गर्ने तयारी गरेको छ ।

बैंकले हकप्रद शेयर निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले केही वर्षमै ५० करोड चुक्ता पुजी पुर्याउने योजना बनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend