logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • जापान प्रकरणमा पूर्वमन्त्री अधिकारीसहित ७ जना प्रहरी हिरासतमा

    जापान प्रकरणमा पूर्वमन्त्री अधिकारीसहित ७ जना प्रहरी हिरासतमा

    2.1K
    Shares
    जापान प्रकरणमा पूर्वमन्त्री अधिकारीसहित ७ जना प्रहरी हिरासतमा

    काठमाडौँ । जापान प्रकरणमा पूर्वमन्त्री लीलावल्लव अधिकारीसहित ७ जना काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् ।

    तीमध्ये ३ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

    त्रिभुवन विमानस्थलबाट पक्राउ पर्नेमा खोटाङका ४१ वर्षीय जनक राई, ३७ वर्षीय दावा शेर्पा र रसुवाका २१ वर्षीय कञ्चन देवकोटा रहेका छन् ।

    उनीहरुलाई अनुसन्धान गर्ने क्रममा थप चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मन्त्री अधिकारीसहित धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २२ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend