२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजान्छौँ : सभापति खतिवडा

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनले बैठकमा विधेयकका बारेमा धेरै राम्रो छलफल भएको बताए । प्रदेशमा अख्तियार के गर्ने ? बेनामे के गर्ने ? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने ? भन्नेबारेमा समिति स्पष्ट हुनुपर्ने जरुरी रहेको उनले बताए ।

उनले भने, ‘आज फ्रुटफुल छलफल भएको छ । अख्तियारका बारेमा आएका विधेयकको बारेमा हामीले रिटायर्डपछि लैजाने/नलैजाने एउटा छ । उपसमितिलाई पनि क्राइटएरिया भित्र पर्छ जस्तो लाग्छ । प्रदेशमा अख्तियार के गर्ने ? बेनामे के गर्ने ? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने ? यसमा स्पष्ट हुनुपर्ने जरुरी छ ।

निजी क्षेत्रमा प्रवेशको कुरालाई हामीले एउटा टुंगोमा पुर्याइसकेका छौँ । अख्तियारमा मुद्दा परेको समयावधि कति समय भित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिटै प्रतिवेदन ल्याउने आशा गरेका छौँ । एक पटक संशोधनकर्ता मान्य सदस्यहरुसँग अन्तिम पटक बसेर हामी यसलाई छिटो भन्दा छिटो यो विधेयक हामी संसदमा लैजाने प्रयासमा छौँ ।’

उनले अख्तियारमा मुद्दा परेको समयावधि कति समय भित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिटै प्रतिवेदन ल्याउने आशा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट