२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

रक्षामन्त्री राईको स्पष्टिकरणः अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा सत्यता नरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एक जना रथी आएको तर दलबलसहित अरु अमेरिकी सेना नेपाल आएको भन्नेकुरा सत्य नभएको बताएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गरेकी थिइन् । उनले एक जना रथी आएपनि अरु अमेरिकी सेना नेपाल नआएको प्रष्टयाएका हुन् ।

मन्त्री राईले भने, ‘यो अमेरिकन सेना आयो भन्ने कुरामा एक जना अमेरिकन रथी आउनुभएको हो भ्रमणमा । त्यो भन्दा अर्को कुरा मलाई जानकारीमा छैन । मलाई त्यस्ता विषयमा जानकारी आइरहन्छ । तर उहाँ भ्रमणका लागि आउनु भएको हो । र अरु सेनाहरु पूरै दलबलका साथ आएर कहीँ बसेको भन्ने कुरा मलाई थाहा छैन । त्यो होइन । यसमा यति भए पुग्छ होला भन्ने लाग्छ ।’

त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट