logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी जलसेनाको जहाज आफ्नो क्षेत्रमा प्रवेश गरे ध्वस्त गरिदिने रुसको धम्कि

    अमेरिकी जलसेनाको जहाज आफ्नो क्षेत्रमा प्रवेश गरे ध्वस्त गरिदिने रुसको धम्कि

    6.6K
    Shares

    मङ्सिर ११ काठमाडौं – जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ।

    आफ्नो जलक्षेत्रमा छिर्ने ‘यूसएसएस जोन एस मक्केन’ नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिइएको उसले जनाएको छ। उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटर भित्र आएको थियो।

    तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ। उसका अनुसार अमेरिकी जहाज कहीँबाट पनि “निष्काशित” भएको छैन।

    जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन्।रुसको रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको थियो। चेतावनीमा “घुसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने” भनेको बताइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend