मङ्सिर १४ काठमाडौं – छिमेकी मुलुक चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्होले जंगी अड्डाको निरिक्षण गरेका छन्।
जंगी अड्डामा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्दैछन् ।
नेपाली सेनाले मन्त्री वेइ फेङ्होको सम्मानस्वरूप सलामी अर्पण गरेका छन्।
नेपालको एकदिने औपचारिक भ्रमणका लागि उनि नेपाल आएका हुन्।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उच्चस्तरीय वार्तापछि फेङ्हो आज नै फर्किने कार्यक्रम रहेको छ।