मङ्सिर १४ काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफ्नो सांसद विकास कोषको पैसा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने भएका छन्।
गत वर्ष सांसद विकास कोष मार्फत एउटा निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ विनियोजन भएकोमा यसवर्ष भने ४ करोड रुपैयाँ छुट्याइएको छ।
सोही रकम पौडेलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका चारवटा स्वास्थ्य संस्थामा लगाउने भएका हुन्।