बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सावित्रा पौडेल अजरबैजानको बाकु सहरमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिएर शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । राष्ट्रपति पौडेल यही कात्तिक २५ गते उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजान प्रस्थान गर्नुभएको थियो । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन्।

उनी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले विमानस्थलमा स्वागत गरेका छन्।

गत कात्तिक २५ गते राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान गरेका थिए।

बाकुमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा भाग लिएर उनी स्वदेश फिर्ता भएका हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend