मङ्सिर १७ काठमाडौं – प्रधानमन्त्री केपी ओलीले पार्टीमा आएको आपसी उल्झनको कारणले राजावादीहरु उत्साहित भएको बताएका छन्। सचिवालय बैठकमा आफ्ना भनाई राख्दै यसप्रति सजक हुनुपर्ने बताएका हुन्।
बैठकमा ओलीले भने, “आज हाम्रा कारण सिध्दिएको र फ्याकिएको राजतन्त्रका पक्षधर भनिएका शक्तिहरू हामीलाई ललकार्ने कुचेष्टा गरिरहेका छन्। त्यो सफल हुन दिइने छैन। त्यो सफल हुनेछैन। त्यो जनताबाट तिरस्कृत जमात हो। तर हाम्रो आपसी उल्झनको कारणले गर्दा यस्ता विभिन्न विकृत जमातहरूले फेरि डेराबाट बाहिर निस्किएर वातावरण धमिल्याउने प्रयास गरिरहेका छन्।”
राजावादीहरुको यस्तो सक्रियताप्रति सजग भई उपलब्धिहरू जोगाउन र सुदृढ गर्नुपर्ने धारणा ओलीले राखेका थिए।