मङ्सिर २२ काठमाडौं – रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप लागेका मोहम्मद अफताब आलमका भाइ मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। आलमलाई प्रहरीले भारतको मोतिहारीबाट पक्राउ गरेको हो।
रौतहट साविक राजपुर फरदहवा ४ हाल राजपुर नगरपालिका-४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
नेता आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा दुइ जनाको मृत्यु भएको थियो भने विस्फोटमा परि दर्जनौ घाइते भएका थिए। घाइतेलाइ ईंट्टाभट्टामा जलाएको आरोप उनीहरुमाथि छ।
घटनाका मुख्य आरोपी अफताव आलम पुर्पक्षका लागि थुनामा छन्।