मङ्सिर २३ काठमाडौं – सर्वदलीय बैठक सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठक केहि बेरअघिबाट बालुवाटारमा सुरु भएको हो।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।
केहि दिनयता राजावादीहरुले देखाएको सक्रियतालाई मध्यनजर गर्दै बैठक आह्वान गरिएको हो।
बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने वालुवाटार श्रोतले जनाएको छ।