मङ्सिर २३ काठमाडौं – सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठक केहि बेरअघिबाट बालुवाटारमा सुरु भएको हो।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समय संविधान विरोधी गतिविधिहरु हुन थालेको भन्दै लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।
केहि दिनयता राजावादीहरुले सक्रियता देखाएको र यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।