मङ्सिर २३ काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले सरकार सहि बाटोमा नहिडेपछि राजावादी बताएको छ। सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको उसको भनाई छ।
सर्वदलीय बैठकमा छलफलका क्रममा कांग्रेस नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको बताएका हुन्।
सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको बैठकमा सहभागी अन्य दलका नेताहरुले बताए।