काठमाडौं – अन्तत: प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीको पनि उपस्थितिमा पार्टी स्थायी कमिटि बैठक सुरु भएको छ।
ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटकको छलफलपछि ओली बैठकमा उपस्थित हुन तयार भएका हुन्।
बालुवाटारमा भएको ओली- प्रचण्डबिचको पहिलो भेटवार्तामा ओलीले प्रचण्डले पेस गरेको प्रस्तावमा छलफल गर्ने भए आफु बैठकमा नआउने बताएका थिए।
लामो समयसम्म कुर्दा पनि ओली बैठकमा उपस्थित नभएपछि प्रचण्ड- नेपाल पक्षधर नेताहरु संसद अधिवेशन सुरु गर्न सांसदको हस्ताक्षर लगेर राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। उक्त सुचना पाएलगत्तै ओलीले प्रचण्डलाई फोन गरि हस्ताक्षर फिर्ता गर्न आग्रह गरेका थिए। जवाफमा प्रचण्डले अध्यादेश फिर्ता गर्न आग्रह गरेका थिए।
त्यसलगत्तै ओली प्रचण्डबीच पुन: छलफल भएको र ओली अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बालुवाटार श्रोतले जानकारी दिएको छ।