logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • अध्यादेश फिर्ता लिन तयार भए प्रधानमन्त्री ओली

    अध्यादेश फिर्ता लिन तयार भए प्रधानमन्त्री ओली

    2.8K
    Shares

    काठमाडौं – अन्तत: प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको छलफलपछि ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएको बालुवाटार श्रोतले जनाएको छ। 

    सहमति जुटेसंगै ओलीको उपस्थितिमा पार्टी स्थायी कमिटि बैठक सुरु भएको छ। 

    बालुवाटारमा भएको ओली- प्रचण्डबिचको पहिलो भेटवार्तामा ओलीले प्रचण्डले पेस गरेको प्रस्तावमा छलफल गर्ने भए आफु बैठकमा नआउने बताएका थिए।  

    लामो समयसम्म कुर्दा पनि ओली बैठकमा उपस्थित नभएपछि प्रचण्ड- नेपाल पक्षधर नेताहरु संसद अधिवेशन सुरु गर्न सांसदको हस्ताक्षर लगेर राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। उक्त सुचना पाएलगत्तै ओलीले प्रचण्डलाई फोन गरि हस्ताक्षर फिर्ता गर्न आग्रह गरेका थिए। जवाफमा प्रचण्डले अध्यादेश फिर्ता गर्न आग्रह गरेका थिए।  

    त्यसलगत्तै ओली प्रचण्डबीच पुन: छलफल भएको र ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन्। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend