logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विवाद बढेपछि श्रीलंकाबाट फिर्ता भयो एमसीसी

    विवाद बढेपछि श्रीलंकाबाट फिर्ता भयो एमसीसी

    6.3K
    Shares

    काठमाडौं – नेपालमा विवादित बनेको अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) श्रीलंकाबाट भने फिर्ता भएको छ। एमसीसी बोर्डले श्रीलंकासँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको हो। 

    श्रीलंकाको अंग्रेजी पत्रिका डेली मिररका अनुसार एमसीसी बोर्डको १५ डिसेम्बरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

    श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो। जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजना थिए। यसअघिको सरकार एमसीसीको पक्षमा भएपनि नवनिर्वाचित राष्ट्रपति गोतबया राजपाक्षे एमसीसीको विपक्षमा थिए।  

    उनले यो सम्झौता अघि नबढाउने निर्णय गरेको पत्रिकाले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend