logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा १ करोड पुग्नै लाग्यो कोरोना संक्रमितको संख्या

    भारतमा १ करोड पुग्नै लाग्यो कोरोना संक्रमितको संख्या

    4.2K
    Shares

    काठमाडौं – भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार ५५७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३५५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ४५१ जना पुगेको छ ।

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार ५४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ । गत सोमबारसम्म त्यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको थियो ।

    मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ८९ हजार ७४० व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख २२ हजार ३६६ सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ७८ लाख ५ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend