logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई पत्राचार

    वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई पत्राचार

    2.3K
    Shares

    काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । 

    बिहीबार बसेको समितिको बैठकले विभिनन पदमा रहेका वन कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई पत्राचार गर्ने निर्णय गरेको हो। यसैगरी संरक्षित क्षेत्रमा लागु भएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि समेत खारेज गर्ने निर्णय गरेको छ । सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा आर्थिक अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि एक उपसमिति नै बनाएर स्थलगत अध्ययन गरेको थियो । 

    उपसमितिको अध्ययनले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन कर्मचारी वन उपभोक्ता समूहले काठ तस्करसँग मिलेर रुख कटान तथा विक्रि वितरण गरेको भन्दै कारवाही सिफरिस गरेको थियो । बैठक पछि निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले प्रतिवेदनमा दोषि किटान भएका पदाधिकारीहरुलाई करवाही गर्न सिफारिस गरिएको बताए। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend