काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा चर्को विवादको चपेटामा परेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काठमाडौंमा प्रदेश १ को भेला गर्न लागेको छ। पार्टी जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा भेला हुन लागेको बताइएको छ।
भेलामा सहभागी हुन् प्रदेश १ का प्रचण्ड- नेपाल पक्षधर जिल्ला अध्यक्षहरु, सचिवहरु र त्यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुलाई बोलाइएको प्रचण्डनिकट नेताले बताए।
पछिल्लो समया पार्टीमा देखिएको विवादका विषयमा छलफल गर्न उक्त भेला गर्न लागिएको बताइएको छ। भेलालाई अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।