logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ‘नेकपा पार्टी हो भने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सक्नुपर्छ’ – प्रदीप पौडेल

    ‘नेकपा पार्टी हो भने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सक्नुपर्छ’ – प्रदीप पौडेल

    5K
    Shares

    पौष ३ काठमाडौँ , नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता प्रदीप पौडेलले नेपाल कम्युनिष्ट पार्टी साँच्चिकै पार्टी हो भने प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाएर देखाउन चुनौति दिएका छन् । नेता पौडेलले सुनौलो नेपालसँगको कुराकानीमा  ओली सरकार भ्रष्टचारमा लिप्त रहेको भन्दै प्रधानमन्त्री पदबाट हट्नुपर्ने बताए । उनले भने , ‘अहिलेको सरकारले भ्रष्टचार, कुशासनलाई बढावा दिनसक्छ , भ्रष्टचारीलाई संरक्षण, आफुलाई र आफ्नालाई मात्रै पोस्ने काम मात्रै गर्नसक्छ भनेर प्रमाणित भइसकेको छ ।

    यसैगरि नेता पौडेलले ओली सरकोरको कर्तुतलाई कांग्रेसको मझेत्रोले नढाक्ने बताए । कांग्रेस ५ वर्ष विपक्षमा बस्ने संकल्पका साथ ओली सरकारको खबरदारी गर्ने सक्षम रहेकाे उनको भनाई थियो । 

    एक प्रसंगमा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकारी प्रमुखसमेतलाई अनुसन्धान गर्न सक्ने क्षमता राख्नुपर्नेमा जोड दिए । नबिन घिमिरे जस्ता मानिस अख्तियारमा गएर निष्पक्ष काम गर्न नसक्ने ठोकुवा गरे । नबिन घिमिरे जसले सेवा निवृत्त हुनु अघि आयल निगम सम्बन्धि फाइललाई तामेलिमा राखेका थिए । उनी जस्ता आयुक्तबाट अख्तियार चल्न सक्दैन नेता पौडेलले सुनौलो नेपालसँग भने । 

    अहिलेको सरकारको काम गर्ने रबैया, शैली र सोच पञ्चायति व्यवस्थाको भन्दा उन्नत नरहेको उनको भनाई थियोे । ओली सरकारमा रहेको चरम निरंकुशतावादी, निशेधवादी र आत्मकेन्द्रित चिन्तन अहिलेको सत्ता सञ्चालनमा देख्न सकिन्छ ।  पार्टीका सांसदहरुले बैठक संचालन गर्न निवेदन दिँदा समेत निवेदन लिन नमानेर राष्ट्रपतिले राजनीति गर्न थालेकोमा नेता पौडेृलले चिन्ता व्यक्त गरे । प्रधानमन्त्रीले राष्ट्रपतिलाई समेत प्रभावमा राखे । उनको यस्तो अप्रजातान्त्रिक व्यवहारले लोकतन्त्रलाई सम्बर्धन गर्न सक्दैन नेता पौडेलले भने । 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend