२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

समस्याग्रस्त नेपाल शेयर मार्केट्स फाइनान्स सञ्चालनको तयारी, व्यवस्थापक नियुक्त हुँदै

बुधवार , मंसिर १२, २०८१

काठमाडौंं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडलाई पुनः सञ्चालन गर्न लागेको छ । फाइनान्स सञ्चालका लागि व्यवस्थापकको नियुक्तको तयारी थालेको राष्ट्र बैंकले जनाएको छ । व्यवस्थापका लागि सदस्य पदमा आवेदन माग गरिएको छ ।

व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा एक जना सदस्य माग गरिएको हो । त्यसका लागि पुस २ गते मंगलबारभित्र कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न आह्वान गरिएको छ ।

आवेदन दिने व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी लेखा सम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टड एकाउण्टेन्सी पास गरी ५ वर्षको कार्य अनुभव हासिल गरेको लेखा विज्ञ हुनुपर्ने छ ।

३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । परीक्षाको किसिम कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।

गत वर्ष चैतमा फाइनान्सको व्यवस्थापन समूहको संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका थिए । पछि उनले जिम्मेवारी लिन चाहेनन् । केन्द्रीय बैंकले फाइनान्सलाई चलाउन पटक पटक व्यवस्थापकको माग गरेको छ । तर, नेतृत्व लिन कोही पनि इच्छुक देखिएका छैनन् ।

फाइनान्सले अझै ४८ करोड १० लाख रूपैयाँ निक्षेप रकम फिर्ता दिनुपर्ने राष्ट्र बैंकको गत पुसको तथ्यांकले देखाएको छ । फाइनान्सले २ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको थियो । २३ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको खराब कर्जा ९८.५२ प्रतिशत छ ।

१३ वर्षअघि फाइनान्स समस्याग्रस्त घोषणा

२०६८ पुसमा राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको हो । फाइनान्स समस्याग्रस्त घोषणा भएको १३ वर्ष भइसक्यो तर अझै सञ्चालनमा आउन सकेको छ ।

त्यसबेला केन्द्रीय बैकले न्यूनतम पूँजी कोष, निष्कृय कर्जाको अनुपात, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनको समुचित व्यवस्था गर्ने लगायतका निर्देशनहरू दिएको थियो । समस्याग्रस्त हुनुअघि यस कम्पनीको कुल कर्जा ३ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ र निक्षेप २ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ थियो ।

नक्कली ऋणी बनाएर प्रवाह गरेको ऋण असुल नभएपछि सो वित्त कम्पनीका अधिकांश वित्तीय सूचक नकारात्मक भए । राष्ट्र बैंकले दिएका निर्देशन पालना नगरेको भन्दै समस्याग्रस्त घोषणा गरेको दुई वर्षपछि राष्ट्र बैंकले सो कम्पनीलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

फाइनान्स कम्पनीलाई वाणिज्य बैंक बनाउँछु भन्ने सोच बनाएका तत्कालि अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठको महत्वकांक्षाले अन्तत फाइनान्स समस्याग्रस्त बन्न पुग्यो । फाइनान्सका तत्कालीन अध्यक्ष रहेका श्रेष्ठले मनलाग्दी कर्जा प्रवाह गरे । उनको एउटै मात्रै चाहना थियो, जसरी भए पनि फाइनान्स लिमिटेडलाई वाणिज्य बैंक बनाउने महत्वकाँक्षा थियो ।

ऋण असुलीमा भने समस्या भोगिरहेको पाएपछि राष्ट्र बैंकले फाइनान्समाथि निगरानी बढायो । राष्ट्र बैंकले यो फाइनान्स कम्पनीमाथि नियमित निगरानी गर्दा ठूलो समस्या भएको फेला पार्यो र अन्तमा समस्याग्रस्त घोषणा गर्यो ।

त्यसबेला फाइनान्सको कर्जा लगानी ५ अर्ब १८ करोड ६३ लाख रुपैयाँ र निक्षेप ३ अर्ब ९ करोड ४५ लाख रुपैयाँ थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट