बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश पौडेल र पाण्डेको इजलासमा

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश पौडेल र पाण्डेको इजलासमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासमा परेको छ ।

विद्युतीय अपराध, सम्पत्ति शुद्धीकरणसहितको आरोपमा यही मंसिर ४ मा पक्राउ परेका प्रसाईं प्रहरी हिरासतमा छन् ।

प्रहरीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएका कारण उनी दोस्रोपटकको म्याद थपपछि प्रहरी हिरासतमै रहेका छन् ।

तर, उनका छोरा निराजनले प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै यही मंसिर ८ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend