काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ ।
दुबै अध्यक्षबीच ‘वान टु वान’ छलफल हुन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ । आजको छलफल बालुवाटार बाहिर हुन लागेको पनि स्रोतले जानकारी दिएको छ । हिजो साँझ पनि ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड निवास खुमलटार आउने सूचना आएको छ । अहिले बिहान १० बजे प्रधानमन्त्री खुमलटार पुग्ने स्रोतले जनाएको छ । नेकपा स्थायी कमिटी वैठकमा प्रधानमन्त्री ओलीले जारी संवैधानिक परिषद अध्यादेश फिर्ता लिने सहमति गरे पनि कार्यान्वयन नगरेपछि नेकपाभित्र थप समस्या बढेको छ ।