काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।
प्रचण्डलाई भेट्न ओली उनकै निवास खुमलटार पुगेका हुन्। प्रचण्डले आफु बालुवाटार नआउने बताएपछि ओली प्रचण्डलाई भेट्न उनकै निवास पुगेका हुन्।
आफु बारम्बार छलफलका लागि बालुवाटार गएपनि विवाद समाधानका लागि सकारात्मक नभएकोले बालुवाटार नआउने प्रचण्डले बताएको खुमलटार श्रोतले बतायो।
पार्टीभित्र विवाद चर्किएको बेला ओली प्रचण्डलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । विवाद समाधानबारे यसअघि हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।