logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चीनमा सर्वसाधरणलाई कोरोना खोपको तयारी

    चीनमा सर्वसाधरणलाई कोरोना खोपको तयारी

    5K
    Shares

    काठमाडौं। चीनले अबको केही साताभित्रै सर्वसाधारणलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ ।

    चिनियाँ स्वास्थ्य अधिकारीहरूले केही साताभित्रै सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने जनाएका छन् । चिनियाँ राज्य सञ्चालित समाचार संस्थाका अनुसार चीनले दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि आगामी नयाँ वर्षको सुरुदेखि नै कोभिडविरुद्धको खोप दिन थालिने छ । यद्यपि केन्द्र सरकारले भने यसबारे अझै आधिकारिक स्वीकृति दिइसकेको भने छैन ।

    चीनमा खोपको ‘आपतकालीन प्रयोग’ को लागि स्वीकृति प्राप्त भइसकेको छ । अधिकारीहरुका अनुसार पहिलो चरणमा कम्तिमा १० लाख नागरिकलाई खोप दिइने छ । शुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई खोप लगाइने छ ।

    चीनले विकास गरेका कोरोनाविरुद्धका पाँच खोप परीक्षणको अन्तिम चरणमा छन् । अहिलेसम्म कुनै पनि खोपले प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त गरिसकेको छैन । खोपको अन्तिम चरणको परीक्षणको परिणाम पनि प्रकाशित भइसकेको छैन ।

    सिचुआनका प्रान्तीय स्वास्थ्य अधिकारीले सञ्चारमाध्यमसँगको कुराकानीमा सिचुवानमा चिनियाँ नयाँ वर्षको अवसरमा हुने लामो बिदापछि फेब्रुवरीमा सर्वसाधारणको प्रयोगका लागि खोप खुला गरिने जानकारी दिए ।

    अहिले करिब एक लाख १८ हजार मात्रा खोप सिचुवान लगिएको छ । सबै उच्च जोखिम समूहहरूलाई फेब्रुअरी ५ सम्ममा खोप दिइसकिनेछ भने लगत्तै बाँकी नागरिकलाई पनि खोप कार्यक्रम अघि बढाइने योजना रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

    कोरोना भाइरस गत वर्षको अन्तमा पहिलोपल्ट चीमा पत्ता लागेको थियो । चीनमा संक्रमण नियन्त्रित अवस्थामा छ । यद्यपी चीनमा पनि पटक पटक सङ्क्रमित देखिने गरेका छन् । सिचुआनमा यही साता पनि कोभिड–१९का केही संक्रमण देखिएको छ । शुक्रबार पनि सिचुआनमा एक व्यक्तिलाई कोभिड–१९ भाइरस सङ्क्रमण भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend