काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सकिएको छ।
प्रचण्डनिवास खुमलटारमा भएको वार्तामा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए।
छलफलपछि ओली खुमलटारबाट निस्किएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका छन्। अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालबीच छलफल भैरहेको स्रोतले जानकारी दिएको छ।
ओली निस्किएलगत्तै नेपाल खुमलटारमा छलफलका लागि पुग्नुलाई महत्वका साथ हेरिएको छ।