logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पार्टी गम्भिर मोडमा तर, विभाजन नहुने : मन्त्री गुरुङ

    पार्टी गम्भिर मोडमा तर, विभाजन नहुने : मन्त्री गुरुङ

    2.7K
    Shares

    दोलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् ।

    नेकपा दोलखा जिल्ला समिटीले आज बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जील सभामा मन्त्री गुरुङले पार्टी विभाजन नहुने बताएका हुन् ।

    ‘पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनौं’, मन्त्री गुरुङले भने, ‘मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरुले पार्टी विभाजन हुन दिनु हुन्न भन्ने विश्वास छ ।’ उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे । बुधबार निधन भएका पार्टीका नेता लामा इमान्दार व्यक्ति भएको स्मरण गर्दै मन्त्री गुरुङले उनको इमान्दारिताबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिए ।

    यसैबीच सञ्चारमन्त्री गुरुङले आज बिहान भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको शिलान्यास गरेका छन् । साथै मन्त्री गुरुङले भीमेश्वर नगरपालिकाले तयार पारेको ‘भीमेश्वर नगर बृहत योजना’ को समेत विमोचन गरे । तीन दिने भ्रमणका क्रममा गृह जिल्ला पुगेका मन्त्री गुरुङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमन समेत गर्ने कार्यक्रम छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend