बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

उपनिर्वाचन : तिलागुफा–४ मा तयारी पूरा

उपनिर्वाचन : तिलागुफा–४ मा तयारी पूरा

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिकाको वडा नं ४ वडाध्यक्ष पदको यही मङसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । तिलागुफा –४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले बताए ।

उनका अनुसार निर्वाचनका लागि एक जना मतदान अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगी मतदान केन्द्रका खटिएको छन् । निर्वाचनका लागि आज सर्वदलीय बैठक बसेर निर्वाचन आचारसंहिता प्रचारप्रचारको मौन अवधि बिहीबार राती १२ बजेदेखि लागु हुने बिषयमा जानकारी गराइने निर्वाचन अधिकृत मल्लले जानकारी दिए ।

उपनिर्वाचनका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तिलागुफा–४ मा एक मतदान केन्द्र रहेको र यसमा ६०९ मतदाता छन् ।

वडाध्यक्ष पदमा नेपाली कांग्रेका पैलबहादुर शाही, नेकपा (एमाले) का ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बम, नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए । तिलागुफा–४ का तत्कालीन वडाध्यक्ष परबहादुर शाहीको २०७९ साल असोज २४ गते पहिरोमा परेर निधन भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend