२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

सुनकोसी गाउँपालिका र केएमसी अस्पतालबीच स्वास्थ्य सहुलियत सम्झौता : स्थानीयलाई उपचारमा २५ प्रतिशतसम्म छुट

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका र भक्तपुरस्थित काठमाडौ मेडिकल कलेज(केएमसी) बीच स्थानीय नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार सुनकोसी गाउँपालिकाका स्थानीयले केएमसी अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । गाउँपालिकामा बसोबास गर्ने बिरामीलाई अस्पताल सेवामा प्राथमिकता दिँदै उपचार सहज बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार बिरामी दर्ता (ओपीडी कार्ड) निःशुल्क उपलब्ध गराइनेछ भने अस्पतालका विभिन्न सेवामा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।  सामान्य बेड शुल्कमा २५ प्रतिशत र क्याबिन शुल्कमा १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख गरिएको  छ ।

त्यस्तै आईसीयू, एचडीयू, सीसीयू तथा ओटी सेवा शुल्क, प्रयोगशाला परीक्षण, सीटी / एमआरआई, एक्स–रे, यूएसजी, डेन्टल एक्स–रे, ईसीजी, इन्डोस्कोपी÷कोलोनोस्कोपी, डायग्नोस्टिक प्रक्रिया तथा फिजियोथेरापी सेवामा समेत २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख छ ।

डेन्टल उपचारअन्तर्गत स्केलिङ, आरसीटी, फिलिङ र प्रोस्थेसिसमा पनि सामग्री खर्च बाहेक २५ प्रतिशत छुट दिइनेछ । यस्तै ईआरसीपी, एमआरसीपी र क्याथ ल्याब सेवामा पनि छुटको व्यवस्था गरिएको अध्यक्ष तिमिल्सिनामले बताए । क्याथ ल्याबका सामग्री (स्टेन्ट, गाइड वायर, बेलुन लगायत) र ट्रान्सप्लान्ट सेवामा भने छुट लागू नहुने उल्लेख छ ।

kmc and sunkoshi 2.jpeg
kmc and sunkoshi 3.jpeg

सम्झौताअनुसार नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचारसम्बन्धी सुविधा, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक उपचार, ज्येष्ठ नागरिक तथा औषधि उपचार कोष लगायतका सेवामा भने सम्बन्धित सरकारी नियमअनुसार नै सुविधा प्राप्त हुनेछ । सम्झौताको अवधि २०८३ असार ३० गतेसम्म रहनेछ । आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा यसको नवीकरण वा संशोधन गर्न सकिने व्यवस्था गरिएको छ ।

सुनकोसी गाउँपालिकाका तर्फबाट  सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना र अस्पतालको तर्फबाट प्रशासकीय प्रबन्धक अर्चना थापाले  सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता पछि गाउँपालिकाबासीलाई केएसमी अस्पतालमा उपचारका लागि सजिलो भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिका भित्रका सबै वडाहरुमा पनि यो सम्झौता अनुसार सहुलीयत पाउने सुनकोशी–७ का अध्यक्ष इश्वर  तिमिल्सिनाले जानकारी दिए । केएमसी अस्पताल र गाउँपालिका बिच स्वास्थ्य उपचारमा सहुलियतको सम्झौताका लागि सुनकोशी–७ का स्थानीय देउता तिमिल्सिना लगायतले सहजीकरण गरेका थिए ।

kmc and sunkoshi 4.jpeg
kmc and sunkoshi 5.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट