काठमाडौं । नेकपाका सासंद एवम पुर्व अर्थमन्त्री वर्षमान पुन ले अर्थमन्त्री स्वर्णिम वाग्ले ले सांसदहरूलाई हेप्ने तथा धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएको भन्दै सार्वजनिक रूपमा ध्यानाकर्षण गराएका छन् ।
संसदमा सासंदहरुले प्रश्न गर्दा अर्थमन्त्रीले ससंद र संसदीय समितिहरुको अवमुल्यण गरेको पुन ले बताए । पुर्व मन्त्री पुनले सासंदहरुको उठाएको सबै आरोप हुदैन ,कुनै जिज्ञासा पनि हुन्छन् कति प्र्रश्न हुन्छन् तर उहाँले धम्की दिदै पहिलाको ले यति गरे मैले ७ वटा मात्रै हेरफेर गरेको भन्नु भयो पुनले भने–‘एउटा गरेपनि सय वटा गरेपनि त्यो आर्थिक अपराध हो,त्यसको छानविन हुनुपर्छ । ’
पुनले भने, ‘अर्थमन्त्रीज्यूले माननीय सदस्यहरूलाई अलि हेप्ने गरी र धम्की दिने शैलीमा बोल्नुभयो , अघिल्ला सरकारका फाइल खोजेर छानबिन गर्ने र पहिले ७० प्रकारका हेरफेर भएका थिए, मैले ६–७ प्रकार मात्रै गरेँ भन्नु भयो,यो सासंदहरुको अपमान हो ।
प्रतिक्रिया दिनुहोस