२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

वीरगन्जका मेयर राजेशमान सिंहसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, पद निलम्बनमा

सोमवार , जेठ २५, २०८३

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका नगर मेयर राजेशमान सिंह निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बन भएको हो । 

भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था छ । 

अख्तियारले गलत विवरण पेस गरी नागरिकता दिलाएको आरोपमा मेयर सिंहसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले अर्काकी छोरीलाई आफ्नी छोरी देखाएर नागरिकता दिलाएको आरोपमा मेयर सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मेयर सिंहले एक महिलाकी छोरीलाई आफ्नी छोरीका रूपमा प्रस्तुत गरी जन्मदर्ता र त्यसका आधारमा नागरिकता प्रमाणपत्र दिलाउन भूमिका खेलेको अख्तियारको भनाइ छ ।

त्यस्तैगरी नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट