२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

स्रोत, समय र अपेक्षाको चापका बीचमा आएको बजेटबाट अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा छ : अर्थमन्त्री वाग्ले

सोमवार , जेठ २५, २०८३

काठमाडौं । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले स्रोत, समय र अपेक्षाको चापका बीचमा आएको बजेटबाट अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले दशकौंदेखि थाँती रहेका समस्याहरु एउटै बजेटले पूर्ण रुपमा समाधान गर्न नसकेपनि अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताए । 

उनले धेरै करको दायरा संरचनाहरु हेरफेर गरिएको भन्दै समग्र करहरुको बोझ घटाउने गरि आवश्यक कदम चालिएको धारणा राखे । मन्त्री वाग्लेले  निश्चित समयलाई आन्तरिक उत्पादनलाई संरक्षण गर्नको लागि केहि क्षेत्रमा कर लगाइएको बताए । आन्तरिक उत्पादनलाई संरक्षण गर्नु सरकारको दायित्व भएकाले केहि सुधारात्मक नीतिगत व्यवस्था गरिएको समेत उनले बताए । 

मन्त्री वाग्लेले सुशासनको जगमा बनेको सरकारले ईमानदारीपूर्वक काम गर्न खाजेको धारणा समेत राखे । यसपटक २६० अर्ब जतिको विदेशी ऋण र ४१० अर्बको स्वदेशी ऋण भनेपनि त्यसको ठूलो अंश पुरानो ऋण तिर्नमा नै जाने उनको भनाइ छ । उनले समग्र आकारकै कुरामा असाध्यै संयमित र अनुशासित भएर ठूलो जिम्मेवारीबोधका साथ बजेट बनाइएको धारणा राखे । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले दशकौंदेखि अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएको अवस्थालाई बजेटले चिर्ने काम गरेको बताए । बजेटले परम्परागत खर्च बाँडफाँटभन्दा माथि उठेर संरचनागत र कानुनी सुधारको महत्वाकांक्षा देखाएको उनले बताए । 

त्यस्तै श्रेष्ठले पुराना, परस्पर बाझिने र व्यवसायलाई निरुत्साहित गर्ने कानुनको सुधारका लागि सरकारले गरेको प्रयास निकै सकारात्मक रहेको समेत उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट