२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीको विरोध प्रदर्शन

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहेकाले फिर्ता लिनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौ, देशको सीमा र स्वाभीमान हाम्रो प्राण, हाम्रो भूमि हाम्रो शान लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका थिए । 

त्रिचन्द्रका विद्यार्थी मनोज भण्डारीले नेपालका प्रधानमन्त्रीले संसदमा देशको गरिमा बिपरित सीमा सम्बन्धी अभिव्यक्ति दिएकाले विरोध जनाएको बताए । उनले प्रधानमन्त्रीले संसदबाट माफी नमागेसम्म आफुहरुको आन्दोलन नरोकिने स्पष्ट पारे । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट