२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

आर्थिक विधेयकमाथिको संशोधनका बिषयमा संसदीय छानविन समिति गठन गर्न बिपक्षी दलको माग

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । बिपक्षी दलका सांसदहरुले आर्थिक विधेयकमाथिको संशोधनका बिषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् । साथै उनीहरुले सीमाका बिषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने समेत जनाएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले संसदमा दर्ता भइसकेको विधेयकमाथि कुनै पनि प्रकारको चलखेल गर्न नपाइने भन्दै संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन् । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताए । अर्थमन्त्रीलाई आफुहरुले शंकाको लाभ दिए पनि अर्थमन्त्रीको जवाफले जनप्रतिनिधि संस्थाको अवमूल्यन भएको उनले बताए । 

त्यस्तै एकालेका सांसद सांसद गुरुप्रसाद बरालले विगतका सबै घटना छानबिनका लागि प्रतिपक्ष तयार रहेको बताए । उनले जवाफ दिएकै भरमा अर्थमन्त्री उम्कन नसक्ने भन्दै संसदीय छानविन समिति गठन हुनुपर्ने माग गरे । 

कांग्रेसका भरतबहादुर खड्काले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने भन्दै नेपाल–भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताए ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएका सूचना आफूलाई प्राप्त भएकाले अवाञ्छित गतिविधि रोक्न माग गरे । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले नेपाल–भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधानका लागि ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट