काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापाबीच मन्त्री क्वाटर पुल्चोकमा छलफल चलिरेको छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग उनकै निवासमा छलफल गरि प्रधानमन्त्री ओली थापासंग भेट्न मन्त्री क्वाटर पुल्चोक पुगेका हुन्।
उता ओली खुमलटारबाट निस्किएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्डलाई भेट्न पुगेका छन्। अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालबीच छलफल भैरहेको स्रोतले जानकारी दिएको छ।