logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विदेशी रेडियो सुनेको भन्दै एक माझीलाई हानियो गोली

    विदेशी रेडियो सुनेको भन्दै एक माझीलाई हानियो गोली

    5.3K
    Shares

    काठमाडौं। उत्तर कोरियामा विदेशी रेडियो सुनेको भन्दै एक माझीलाई मृत्युदण्ड दिइएको छ । अमेरिकी लगानीको रेडियो फ्रि एसियाका अनुसार आफ्नो रेडियो सुनेकै कारण उत्तर कोरियाका एक गत अक्टोबरमा माझीलाई सार्वजनिकस्थलमै गोली हानी मारिएको हो ।

    चोइ नाम गरेका माझीको डुंगाको क्याप्टेनलाई अन्य १०० माझीहरुको अगाडि गोली हानिएको थियो । ४० वर्षका ती माझीका क्याप्टेनले आफूले रेडियो फ्रि एसिया १५ वर्षयता सुनिरहेको स्वीकार गरेका थि ए। समुद्रमा रेडियो फ्रि एसिया राम्रोसँग सुनिने र त्यहाँ कोरियाली भाषामा समाचारहरु आउने गरेका कारण उनले उक्त रेडियो सुन्थे ।

    उत्तर कोरियामा विदेशी रेडियो सुन्न तथा टेलिभिजन हेर्न प्रतिबन्ध छ । रिपोर्टस विथआउट बोर्डरका अनुसार उत्तर कोरियामा प्रेस स्वतन्त्रता छैन । यसबीचमा सार्वजनिकस्थलमा चोइको हत्या गरेर त्यहाँको अधिकारीहरुले विदेशी च्यानल नसुन्न चेतावनी दिएको बताइएको छ ।

    ५० वटा माछा मार्ने जहाजका मालिक रहेका चोइले विदेशी रेडियो सुन्ने विषय उनकै चालकदलका सदस्यले सरकारी अधिकारीहरुलाई खबर गरेका थिए । चोइ सेनाको रेडियो ओपरेटर हुँदैदेखि विदेशी रेडियो सुन्थे । तर सैन्य जीवन त्यागेपछि पनि उनले विदेशी रेडियो सुन्ने बानी छाड्न सकेनन् । चोइको कार्य वर्कर्स पार्टीको सिद्धान्त विपरित भएको भन्दै उनलाई मृत्युदण्ड दिइएको हो । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend