logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर विष्फोट, नौं संक्रमितको मृत्यु

    कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर विष्फोट, नौं संक्रमितको मृत्यु

    4K
    Shares

    काठमाडौं । टर्कीको एक कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिष्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर बिष्फोटपछि आगलागी समेत भएको थियो । तर मृतकको शरीरमा आगलागीका कुनै पनि लक्षण देखिएको थिएन । भेन्टिलेटर विष्फोट हुँदा अक्सिजनको मात्रामा भएको कमीले उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।

    बिहानको समयमा भएको सो घटनामा ८ जनाको घटनास्थलमा र अर्का एक बिरामीको अर्को अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ५६ देखि ८५ बर्ष उमेर समूहका छन् । घटना लगत्तै सो अस्पतालमा उपचाररत बिरामीहरुलाई अन्य अस्पतालमा सारिएको छ ।

    घटना प्रति समवेदना प्रकट गर्दै टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालीनले ट्वीट गर्दै अन्य बिरामीको हकमा सक्दो छिटो उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरे । टर्कीमा करीब २० लाखलाई कोरोना संक्रमण हुँदा १७ हजार ६ सय बढीको मृत्यु भइसकेको छ । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend