काठमाडौं – संसद विघटन गर्न गरेको मन्त्रीपरिषदको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेकी छिन। संसद विघटनसंगै बैशाख १७ र २७ मा आमचुनावको मिति तय गरिएको छ।
यससंगै अब प्रतिनिधी सभा निर्वाचन बैशाख १७ र बैशाख २७ गरि दुइ चरणमा हुनेछ।
प्रधानमन्त्री ओलीले आइतबार आकस्मिक मन्त्रिपरिषद बैठकको आह्वान गरेका थिए। बैठकमा ओलीले पार्टीभित्रैबाट घेराबन्दी भएकोले ताजा जनादेशको लागि भन्दै संसद विघठनको प्रस्ताव लगेका थिए।
मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस लगेर ओली शीतलनिवास पुगेका थिए। केहि घण्टामै उक्त सिफारिस राष्ट्रपतिबाट अनुमोदन भएको हो।