प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गरेसँगै मन्त्रीपरिषद्का ७ मन्त्रीले पदबाट सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन अनन्त, कृषि मन्त्री घनश्याम भु्षाल, पर्यटन मन्त्री योगेश भट्टराई , वन मन्त्री शक्ति बस्नेत, श्रम मन्त्री रामेश्वर राय यादव, र खानेपानी मन्त्री बिना मगर रहेका छन् ।
उनीहरुले प्रधानमन्त्रीले चालेको कदम गैरसंवैधानि, अलोकतान्त्रिक, जनादेशविपरित तथा राजनीतिक मुल्य मान्यता विपरित र राजनीतिक स्थीरतको विरुद्धमा भएकाले राजीनामा दिइएको उनीहरुले सयुक्त जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पुर्वमाओवादी खेमाका दुइ मन्त्री गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग मन्त्री लेखराज भट्टले भने राजीनामा दिनेमा स्पष्टता छैन ।