प्रतिनिधि सभा भंग गरिसकेपछि प्रधानमन्त्री केपी ओलीले बोलाएको राष्ट्रिय सुरक्षाको बैठक बालुवाटारम जारी छ । बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा नेता ईश्वर पोखरल सहभागी छन् ।
जारि बैठकमा नेपाली सेनाका सेना प्रमुख पुर्णचन्द्र थापा, नेपाल प्रहरी प्रमुख शैलेश थापा, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने लगायतका उच्च अधिकारीहरु सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले देशमा विकसित नयाँ राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेर आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले ट्विट मार्फत जानकारी दिए ।