काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरुको बैठक जारी छ।
केहिबेर अघिबाट सुरु भएको बैठकमा अबको रणनीति बारे छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष आआफ्ना रणनीति बनाउन लागेका छन्।
केहि बेरमा प्रचण्ड पक्षधर सांसदहरुको पनि बैठक बस्ने बताइएको छ।
प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएको र घेराबन्दीमा पारिएको भन्दै बाध्य भएर नयाँ जनादेशका लागि संसद विघठन गरेको बताइरहँदा प्रचण्ड पक्ष र अन्य प्रतिपक्ष दलले प्रधानमन्त्री ओलीले संविधानमाथि कु गरेको बताएका छन्।