काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गरि सरकारलाई काम गर्न नदिएकोले आफुले संसद विघठनको कठोर कदम चाल्नुपरेको बताएका छन्।
आफुनिकट सांसदहरुसंगको बैठकमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई अनेक जालझेल गरेर चौतर्फी घेराबन्दी गरि सरकारलाई काम गर्न नदिने खेल भएपछी चाहना नहुँदा नहुँदै पनि यो कदम चाल्नुपरेको बताएका हुन्।
बैठकमा ओलीले सरकारले गरेका राम्रा काम लिएर जनतासामु जान सांसदहरुलाई आग्रह गरेका थिए।