logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संसद पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

    संसद पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

    3.9K
    Shares

    काठमाडौं । असंवैधानिक र आकस्मिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णयविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने तयारी गरेका छन् ।

    आज (सोमबार) पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वाेच्च जाने तयारीमा रहेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिएकी छिन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वाेच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।

    आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत तत्कालै स्वीकृत दिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टा छुट्टै गुट र अन्य पार्टीको समेत बैठक चलिरहेको छ । यस्तै संसद विघटनको विरोधमा देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend