logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • प्रधानमन्त्री ओलीले जनताका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले जनताका नाममा सम्बोधन गर्ने

    2K
    Shares

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे जनताका नाममा सम्बोधन गर्ने भएका हुन्। 

    पछिल्लो राजनीतिक घटनाक्रम र आफुले चाल्नुपरेको बाध्यात्मक कदमका बारेमा जनतालाई जानकारी दिन सम्बोधन गर्न लागेको सचिवालयले जनाएको छ। सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। 

    आजै मात्र प्रधानमन्त्री ओलीले आफूनिकट विघठित प्रतिनिधिसभाका सांसदहरुको बैठकलाई सम्बोधन गरेका थिए। उक्त सम्बोधनका क्रममा ओलीले देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गरि सरकारलाई काम गर्न नदिएकोले आफुले संसद विघठनको कठोर कदम चाल्नुपरेको बताएका थिए। 

    बैठकमा ओलीले सरकारले गरेका राम्रा काम लिएर जनतासामु जान सांसदहरुलाई आग्रह गरेका थिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend