logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सेना तथा हातहतियारमा बजेट बढाउँदै जापान

    सेना तथा हातहतियारमा बजेट बढाउँदै जापान

    5.4K
    Shares

    टोकियो । जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो ।

    जापानले आगामी आर्थिक वर्षमा सेनालाई दिँदै आएको बजेट पनि बढाउने निर्णय गरेको छ । सेनाको लागि आधुनिक हतियार खरिद गर्दै चीनको बढ्दो सैन्य प्रभावलाई नियन्त्रणको लागि जापानले सेनामा खर्च बढाउने निर्णय गरेको हो । 

    जापानको प्रस्तावित बजेटमा ३३ अर्ब येन रक्षाका लागि छुट्याइएको छ । जापानले अमेरिकासँग खरिद गर्न लागेको अत्याधुनिक क्षेप्यास्त्र प्रणालीका विषयमा अझै सहमति जुटिसकेको छैन । रक्षा मन्त्रालयले जापानी युद्धपोतलाई थप सुसज्जित बनाउने कार्यक्रम पनि जारी छ । 

    कोरोनाभाइरस संक्रमण र स्वास्थ्य सेवा प्रणालीमा चुनौती थपिएको भन्दै सरकारले ५० खर्ब येन छुट्याइएको जनाएको छ । 

    जापानी अर्थमन्त्री तारो आसोले कोरोनाभाइरस संक्रमण रोक्नुपर्ने, अर्थतन्त्रको पुनरुत्थान गर्नुपर्ने तथा देशको आर्थिक स्वास्थ्यमा सुधार ल्याउनुपर्ने चुनौती रहेको बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend