बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

नबिल बैंकको बम्पर लाभांश प्रस्ताव, नगद र बोनश कति ?

नबिल बैंकको बम्पर लाभांश प्रस्ताव, नगद र बोनश कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बम्पर लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज पुस ६ गते, बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर  अर्थात १०० कित्ता बराबर ३३ दशमलव ५ कित्ता तथा बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend