काठमाडौं – संसद विघठनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशमा सुनुवाई हुने भएको छ।
विघटनविरुद्ध परेका मुद्दामा प्रधानन्यायाधीश राणाले आफ्नै एकल इजलाशमा पारेका हुन्।
उक्त रिट निवेदनहरूमाथि आज सुनुवाई हुनेछ। १३ वटामध्ये १२ वटा रिटमाथि आज प्रधानन्यायाधीश राणाको एकल इजलासमा सुनुवाई हुनेछ भने एउटा रिटको संवैधानिक इजलासमा सुनवाई हुनेछ।
आज अदालतले विघटनको निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरकालीन वा अन्तरिम आदेश जारी गर्न तथा कारण देखाउ आदेशमात्रै जारी गरेर सबै निवेदनहरुलाई ठूलो आकारको इजलासमा पेस गर्नु भनी आदेश गर्नेछ।