काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले आज (बुधबार) सातै प्रदेशमा बेला गर्दैछ। मंगलबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिन भेलाको आयोजना गरिएको हो।
सोहीअनुसार प्रशिक्षणका लागि विभिन्न नेताहरुले प्रदेशगत जिम्मेवारी पाएका छन्।
कुन प्रदेशमा कसले पायो जिम्मेवारी?
सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे।
कर्णाली प्रदेश- शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य।
लुम्बिनी प्रदेश- विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा।
गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल।
वागमती प्रदेश- ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल।
प्रदेश नं २. – ईश्वर पाखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो।
प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे।