काठमाडौं – प्रचण्ड- नेपालसमूहको नेकपाको संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो।
बैठकले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ।
सोही पक्षको हिजो बसेको केन्द्रीय कमिटि बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।