काठमाडौं – प्रचण्ड- नेपाल समूहको नेकपाको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने निर्णय गरेको छ।
संसद भवन बानेश्वरमा बसेको बैठकले केपी ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो।
सोही पक्षको हिजो बसेको केन्द्रीय कमिटि बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।